एकल महिलाको स्वर्गद्वारी धार्मिक अबलोकन भ्रमण
  • CIA Khabar

  • पाल्पा- जिल्लाको रामपुर नगरपालिका वडा नं ५ का एकल महिलाको टोली धार्मिक अबलोकनको लागि स्वर्गद्वारी पुगेको छ । वडाका ६० वर्ष उमेर मुनिका एकल महिलाहरुलाई वडाले  धार्मिक अवलोकनको आयोजना गरेको हो । बुधवार बिहान वडा अध्यक्ष हिमाल मल्लको संयोजकत्वमा रामपुरबाट निस्केको टोली धार्मिक तथा पर्यटकिय क्षेत्र प्युठानको स्वर्गद्धारी पुगेको हो ।

    नगर उपप्रमुख संग एकल महिला सीप विकास एवम् धार्मिक कार्यक्रम अन्र्तगत वडाले स्वर्गद्धारी अवलोकन भ्रमण आयोजना गरेको वडा सदस्य साबित्रा गौतमले जानकारी दिनुभएको छ । वडा अध्यक्ष मल्लको संयोजकत्वमा वडा सदस्यहरु साबित्रा गौतम, विष्णुप्रसाद बस्याल, माया नेपाली, वडाका राजनीतिक दलका प्रतिनिधि तथा ६० वर्ष मुनिका एकल महिला २ दिनको लागि भ्रमणमा निस्केका छन् ।

    टोलीले लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङको समेत अवलोकन गरेको छ ।

  • १ मंसिर २०७८, बुधबार २२:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images