काङ्ग्रेस पाल्पा १ क को नेतृत्व सर्वसहमतिमा
  • CIA Khabar

  • पाल्पा –

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाल्पा क्षेत्र नं. १ प्रदेश (क) को नेतृत्व सर्वसहमतिमा चयन भएको छ । रामपुर नगरपालिका ६ को दरैठाटी मावि सभाहलमा भएको प्रदेश अधिबेसनले राम बहादुर रानाको अध्यक्षतामा प्रदेश सभा कार्य समिति चयन गरेको हो ।


    १० सदस्यीय प्रदेश समितिको उपसभापतिमा गोविन्द प्रसाद अर्याल (गोपाल) र भिम बहादुर सिंह ठकुरी (कृष्ण सिं), सचिवमा दान बहादुर हिस्की र भेषराज पोखरेल, सहसचिवमा घनश्याम ढुङ्गाना र पिताम्बर राना, खुल्ला  क्षेत्रीय  सदस्यहरुमा अम्बर गाहा र दोवराज तिवारी, महिला सदस्यमा भगवती देवी खनाल रहनु भएको छ ।

    अधिवेशन मार्फत १७ जना प्रदेश अधिबेशन प्रतिनिधी चयन भएका छन् । जसमा खुल्ला तर्फ उमनाथ अर्याल, किशोर पंगेनी, भोजराज भट्टराई, रुद्र प्रसाद अधिकारी, विजय शर्मा अर्याल, शंकर बहादुर खाँण र श्यामकान्त खनाल, खुल्ला महिला तर्फ कृष्णा शाही ठकुरी, शशी कुमारी जिसी र शारदा आचार्य, खस आर्यमा अरुण कुमार काफ्ले, जनजाति खुल्लामा गगन सिं सोती र छम बहादुर दरैं, जनजाति महिलामा जमुना राना र बालकुमारी थापा, दलित तर्फ कृष्ण बहादुर दर्जी, अल्पसंख्यकमा समसुल हक मियाँ निर्विरोध चयन हुनु भएको निर्वाचन अधिकृत बालकृष्ण लम्सालले जानकारी दिनुभयो ।
    निर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरुलाई नेपाली कांग्रेस पाल्पाका उपसभापति देवराज ढकाल, महासमिति सदस्यहरु रमण बहादुर थापा र ज्ञान बहादुर गाहा, महाधिवेशन प्रतिनिधिहरु हजिल दिन मियाँ र विष्णु मायाँ ढकाल, जिल्ला सदस्य कृष्ण प्रसाद अधिकारी, रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराई र अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना लगाएतले खादा ओढाएर बधाई सहितको सफल कार्यकालको शुभकामना दिनु भएको थियो । नवनिर्वाचित प्रदेश सभापति राम बहादुर रानाले पार्टी सुढृढीकरणलाई एक जुट भएर लाग्ने बताउनुभयो । निर्विरोध गराउने सबैलाई धन्यवाद दिदै उहाँले आफ्नो प्रदेश भर काङ्ग्रेसको साख बढाउदै हरेक ठाउमा काङ्ग्रेस मय बनाउन बनाउन टिम बनेर लाग्ने बताउनुभयो।


    नेपाली कांग्रेस पाल्पाका उपसभापति देवराज ढकालले अधिवेशन उद्घाटन गर्दै कार्यकर्ताहरुलाई चलायमान गराउन निर्वाचन महत्त्वपूर्ण हुने बताउनुभयो । महासमिति सदस्य तथा नगर प्रमुख रमण बहादुर थापाले लोकतान्त्रिक पार्टीलाई मजबुत बनाउदै जनताको आफ्नो छहारी हो भन्ने बनाउनुपर्नेमा जोड दिनुभयो । महासमिति सदस्य ज्ञान बहादुर गाहाले सबैलाई अगाडि लिएर बढ्न नेतृत्वलाई आग्रह गर्नुभयो ।
    नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ प्रदेश क सभापति सुर्य प्रसाद पोखरेलको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल महिला संघ क्षेत्र नं. १ का सभापति विष्णु मायाँ ढकालले स्वागत गर्नु भएको थियो भने नेपाल तरुण दलका केन्द्रिय प्रतिनिधि हुमनाथ न्यौपानेले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ प्रदेश क सचिव अर्जुन प्रसाद रेग्मीले संचालन गर्नु भएको हो ।

     

  • ४ मंसिर २०७८, शनिबार १२:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images