कांग्रेस प्रदेश अधिवेशनः भुगोल तर्फबाट सुदर्शन बलियो उम्मेदवार
  • CIA Khabar

  • नेपाली कांग्रेसको १४ औं महाविधवेशन अन्तरगत बागमती प्रदेशको यहि  १८ र १९ गते प्रदेश अधिवेशन हुँदैछ । पदाधिरकारीमा उठ्न आकांक्षीहरु नेताको घरदैलो चहारिरहेका बेला दोलखाबाट प्रतिनिधित्व गर्न ‘भुगोल’बाट सुर्दशन कार्की एक्लो उम्मेदवारको रुपमा देखिएका छन् ।

    निर्वाचनको तिव्र तयारीका साथ प्रदेशका सवै जिल्लाहरुमा प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गरी काठमाडौं फर्किसकेका कार्की बाहेक अन्यले अधिवेशनको संघारमा आइपुग्दा समेत उम्मेदवारी घोषणा गरेका छैनन् ।

    एक्लो उम्मेदवार र निर्विरोध हुनसक्ने सम्भावना समेत बढ्दै गएकाले आफ्नो प्रचार प्रसारलाई पनि तिव्र पारिरहेको बताए ।

    जिल्लाका उम्मेदवारहरु बढ्ने सम्भावना बढ्दै गएपछि उम्मेदवारहरुबीच स्पर्धाका लागि मिलाउन सभापति बर्मा लामा, पूर्व सभापति तारा कोइराला, उद्धव काफ्ले, रुद्रबहादुर खड्का र महाधिवेशन प्रतिनिधि समेत रहेका तरुणदलका पूर्व केन्द्रीय सचिव इश्वर मानन्धर पनि सक्रिय छन् ।

    प्रदेशमा को–कसलाई कुन पदमा व्यवस्थापन गर्ने विषयमा नेताहरुबीच छलफल जारी नै रहेको सभापति लामाले जानकारी दिए ।

  • १५ मंसिर २०७८, बुधबार १५:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images