पौडेल पक्षबाट महामन्त्रीमा रिजाल र थापा उम्मेदवार निश्चितजस्तै
  • CIA Khabar

  • नेपाली कांग्रेस १४ औं महाधिवेशन संघारमा छ । मंसिरको २४ देखि सुरु हुने कांग्रेस महाधिवेशनमा नेताहरु आफ्नो उमेदवारी घोषणा गर्दै मैदानमा उत्रिएका छन् । विषेश गरि सभापति, उपसभापति, महामन्त्रीमा टिम बनाएर उमेदवारी घोषणा गर्ने तयारीमा नेताहरु लागेका छन् ।

    सभापतिमा बर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल समुह र उपसभापति बिमलेन्द्र निधि टिम बनाएर मैदान उत्रने तयारीमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट सभापति र उपसभापतिको टुंगो लाग्न बाँकी रहेपछि महामन्त्रीमा भने लगभग नाम टुंगो लागिसकेको छ । महामन्त्रीमा प्रभावशाली नेताहरु डा मिनेन्द्र रिजाल र गगन थापाको नाम टुंगो लागेको हो ।

    उच्चस्रोतका अनुसार पौडेल समुहबाट सभापतिको नाम टुंगो लागेसंगै उपसभापतिको नाम पनि टुंगो लाग्नेछ तर महामन्त्रीमा भने रिजाल र थापाको नाम निश्चित जस्तै भएको हो । उपसभापतिमा भने सभापतिका दाबेदार समेत मिलाउनुपर्ने भएकाले नाम टुंगो नलागेको बताइएको छ । सभापतिमा पनि पौडेल समुहबाट लगभग एउटा हुने निश्चित जस्तै भएको छ ।

    सोमवार साँझ पौडेल निवास बोहोराटारमा बसेको बैठकले ४८ घण्टा भित्र साझा उमेदवारको नाम टुंगो लगाउने सहमति गरेको थियो । पौडेल पक्षका युवा नेताहरुले साझा उमेदवार तय गर्न नेताहरु तयार नभए हस्तक्षेपकारी भूमीका सुरु गर्ने चेतावनी दिएपछि नेताहरु दबाबमा परेका छन् ।

    महामन्त्री डा शशांक कोइरालाले बोहोराटारमा भएको बैठकमा एउटा उमेदवार नभए सभापति देउवासंग चुनाव लड्नुको औचित्य नहुने भन्दै नेताहरुलाई मिल्न दबाब दिएका थिए । उनले सवैलाई स्वीकार्य हुने मान्छेको नाममा सहमति गरेर अगाडि जानुपर्ने भन्दै रामचन्द्र पौडेललाई साझा सभापतिको उमेदवार बनाउनुपर्ने संकेत गरेका थिए ।

  • २१ मंसिर २०७८, मंगलवार १२:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images