नेविसंघ महामन्त्री भट्टराईको पार्टी केन्द्रीय सदस्य उठ्ने तयारी
  • CIA Khabar

  • पाली कांग्रेसको आगामी १४ औं महाधिवेशनमा नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    तनहुँ क्षेत्र नं. १ बाट सर्वाधिक मत सहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका महामन्त्री भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी थालेका हुन् ।

    लामो समयदेखि नेविसंघको राजनीतिमा सक्रिय रहँदै आएका भट्टराई स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पसका पूर्व सभापति, नेविसंघको केन्द्रीय सदस्य हुँदै महामन्त्री भइसकेका छन् । त्रिचन्द्र क्याम्पसबाट विद्यार्थी राजनीति थालेका भट्टराई पार्टी राजनीतिमा ‘सवल कांग्रेस र समृद्ध नेपालका लागि राजनीति’ भन्ने नारा सहित केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेका हुन् ।

    त्रिविबाटै समाजशास्त्र विषयमा प्रथम श्रेणीमा उतिर्ण भएका भट्टराई द्धन्द शान्ती र विकासमा विद्यावारिधि गरिरहेका छन् । १४ औं महाधिवेशन नजिकिरहँदा नेविसंघका दर्जनौं युवा नेताहरुले पार्टी राजनीतिमा आकांक्षा देखाएका छन् ।

  • २१ मंसिर २०७८, मंगलवार १५:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images