रामपुरमा प्रस्तावना तथा माइन्युट लेखन प्रशिक्षण
  • CIA Khabar

  • पाल्पा – रामपुर नगरपालिकाको आयोजनामा नगरका लक्ष्यित विभिन्न क्षेत्रका नागरिकलाई प्रस्तावना तथा माइन्युट लेखन सम्बन्धी प्रशिक्षण चलेको छ ।


    प्रशिक्षणमा रामपुर नगरपालिकाका १० वटै वडाबाट वडामा सुचिकृत महिला समूह, मेलमिलापकर्ता र महिला जनप्रतिनिधि सहभागी रहनुभएको थियो ।
    कम्तिमा कक्षा १० पास गरेका प्रतिनिधिबाट आ आफ्नो वडामा योजना तथा कार्यक्रम तयार गर्न सक्ने गरि प्रतिनिधि चयन गरेको महिला शाखा प्रमुख पुजा परियारले जानकारी दिनुभयो ।
    नगर प्रमुख रमण बहादुर थापाले तालिमले सीप र क्षमता दिने बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले प्रस्तावना लेखन सीपले नगरको बिकास र सेवा चुस्त दुरुस्त बनाउन मद्धत गर्ने बताउनुभयो ।
    प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवेदी, लेखा अधिकृत रेनुराम ज्ञवाली र आन्तरिक लेखा परिक्षक अधिकृत हृदयश पन्थीले प्रस्तावना के हो? प्रस्तावनाका अंग, उत्कृष्ट प्रस्तावना बनाउन समेट्नैपर्ने बिषय र प्रतिबेदन लेखनका बिषयमा सहजिकरण गर्नुभएको थियो ।

    नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत प्रशिक्षणमा सहभागी सबैले सेतो रिवन लगाएर अभियानमा एक्यवद्धता जनाउनुभएको नगरपालिकाका सहकारी शाखा प्रमुख सिर्जना रेग्मीले जानकारी दिनुभयो ।

  • २२ मंसिर २०७८, बुधबार २३:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित

    images