नेपाली नारी समाज पोर्चुगलले प्रधानमन्त्री देउवालाई ७ बुद्धे ज्ञापनपत्र बुझायो
  • CIA Khabar

  • नेपाली नारी समाज पोर्चुगलले ७ बुद्धे मागपत्र सहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।
    बढिरहेको महिला हिंसा, बलात्कार, हत्या काण्ड र एशिड आक्रमण जन्य अपराधिक क्रियाकलाप न्यूनिकरणको माग राख्दै एनआरएनएका वरिष्ठ उपाध्यक्ष समेत रहेकी नेपाली नारी समाज पोर्चुगलका अध्यक्ष सिता श्रेष्ठको नेतृत्वमा सुझाव सहितको ज्ञापनपत्र प्रधानमन्त्री देउवालाई बुझाएको हो ।

    ज्ञापनपत्रमा विभिन्न राष्ट्रिय दिवसहरुमा त्यस्ता अपराधिहरुलाई राष्ट्रपतिबाट आममाफी दिएर कैद मिनाह गर्ने प्रचलन तुरुन्त अन्त्य हुनुपर्ने भनिएको छ ।

    त्यस्तै १८ वर्ष मुनीकालाई बलात्कार, एसिड आक्रमण गर्ने जस्ता जघन्य अपराध गनहरुलाई सरकारबाट दिने आममाफीको सुविधा अन्त्य हुनुपर्ने, अस्थायी वा स्थायी जुनसुकै बतनबाट पनि उजुरी गर्न पाउनुपर्ने, खान– लाउन शिक्षा स्वास्थ्य खर्च दावी गरिएका मुद्दामा अदालती शुल्क नलाग्ने ब्यबस्था गरिनुपर्ने लगायतका मागहरु ज्ञापन पत्रमा छ ।

    ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा नेपाली नारी समाज पार्चुगलका अध्यक्ष श्रेष्ठ सहित चेली माइती समुह नेपालकी अध्यक्ष इन्दिरा निरौला लगाएतको उपस्थिति थियो ।

  • ८ पुष २०७८, बिहीबार १५:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images