अल्पमतमा पर्दापर्दै नियुक्ति, प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमै बोलाएर सपथ
  • CIA Khabar

  • बुटवल । अल्पमतमा पर्दैपर्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका शंकर पोखरलले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा बोलाएर पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुको समावेदनअनुसार प्रदेशसभाको अधिवेशन आइतबार बोलाइएको थियो । तर अधिवेशन सुरु हुन नपाउँदै मुख्यमन्त्री पोखरेलले राजीनामा दिए । त्यसयताका १२ घण्टामा लुम्बिनीको राजनीतिमा थुप्रै उतार चढाव आए र विवादकै विवादमा पोखरेल पुनः मुख्यमन्त्री बनेका छन् ।

    एस एन एन नेपाल लाइ प्राप्त सुचना अनुसार तत्कालीन एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका पोखरेलले आइतबार विहान राजीनामा दिएका थिए । लगतै प्रदेशसभाको विशेष अधिवेशन अन्त्यको सिफारिस मात्र गरेनन्, एमाले संसदीय दलको नेताको हैसियतमा आफ्नो नेतृत्वमा एकल बहुमतको सरकार गठनको दाबी पेश गरे ।

    ८७ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित दुई र जनता समाजवादी पार्टीका चार प्रदेशसभा सदस्य पदमुक्त भएका थिए र हाल ८१ सदस्य बहाल छन् । पोखरेलले ४१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित संविधानको धारा १६८ (१० अनुसार सरकार गठनका लागि दाबी पेश गरेका थिए ।

    तर साबिकको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०बाट निर्वाचित बिमला वलीले माओवादी केन्द्र रोजिन् । एमालेकै सांसद दृगनारायण पाण्डेले राजीनामा दिए भने सूर्य चुनाव चिन्ह लिएर जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहले पोखरेललाई साथ नदिने घोषणा गरे ।

    लगतै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाका नेताहरुले प्रदेश प्रमुखलाई भेटेर एमालेको बहुमत नभएकाले पोखरललाई मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरे । तर बहुमत सदस्यको हस्ताक्षर पेश भएको भन्दै मुख्यमन्त्री धर्ननाथ यादवलाई पोखरेललाई मुख्यमन्त्री नियुक्त गरे ।

    लगतै ४२ सांसदले हस्ताक्षरसहित माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै दाबी पेश भयो । प्रदेश प्रमुखले अल्पमतमा रहेका पोखरेललाई संविाधन विपरित पुनः मुख्यमन्त्रीमा नियुक्त गरेकाले सपथ रोक्न माग गर्दै विपक्षी सांसदहरुले धर्ना दिएका थिए ।

    विपक्षी सांसदहरुको धर्नाका कारण आफू प्रदेश प्रमुखको कार्यालयमा जान समस्या भएपछि मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखलाई आफ्नो कार्यालयमा बोलाएर सपथ लिएका हुन् । प्रदेश प्रमुख आफ्नो कार्यालयबाट बाहिरिने क्रममा सुरक्षाकर्मीहरुले धर्नामा बसेका सांसदहमाथि बल प्रयोग गरेका थिए ।

  • २० बैशाख २०७८, सोमबार ०६:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images