रोल्पाका अग्निपीडितलाई युवा संघद्वारा लत्ताकपडा प्रदान
  • CIA Khabar

  • रोल्पा । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ रोल्पाले जिल्लाको त्रिवेणी गाउँपालिकाका १ सय ७० अग्निपिडितहरुलाई लत्ताकपडा बितरण गरेको छ।

    १३ बैशाखदेखि १६ बैशाखसम्म जंगलमा लागेको आगो बस्तिमा फैलिएर त्रिवेणी गाउँपालिका २ को चेत्रे, धानबाङ, कापडाँडा, पिराले, बर्तिबाङ, त्रिबेणि ६ र ३ नं। वडा साथै रुन्टिगढी गाउँपालिका ९ गुनाम गरि ३७ घर र ११ गोठ पूर्ण रुपमा जलेर नष्ट भएका थिए।

    त्रिवेणी २ भाङ्गोबारिमा ३७ घरधुरीका सबै १ सय ७० जना परिवारलाई करिब सवा २ लाख बराबरको कपडा बितरण गरिएको संघ रोल्पाका अध्यक्ष प्रेम बिकले जानकारी दिए।

    पीडितहरुको स्थलगत अनुगमन गरेर उनीहरुको माग बमोजिम कपडा बितरण गरिएको र १ सय जना स्वयंसेवक परिचालन गरि २ दिन सम्म पिडितको घर निर्माण कार्यमा सहयोग गर्ने निर्णय समेत गरेको संयोजक बिकले बताए।

    राहत बितरण कार्यमा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तकुमार वली, एमालेका जिल्ला अध्यक्ष बालाराम बुढा, एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य ईश्वरी जिएम, एमाले रोल्पाका सचिव निमप्रसाद रोका, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरु मीन बहादुर महरा, केशब बुढा लगायतको सहभागिता रहेको थियो।

  • २० बैशाख २०७८, सोमबार २१:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images