बर्दीमै बलात्कार गरेको अभियोग लागेका पूर्वडिएसपी राजकुमारलाइ ओलि सरकारले दियो सफाइ
  • CIA Khabar

  • ललितपुर । जिल्ला अदालत ललितपुरले प्रहरीको बर्दीमा भएकैबेला २१ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोग लागेका पूर्वडिएसपी राजकुमार खिउजुलाई सफाइ दिएको छ।  वैशाख ९ गते न्यायाधीश देवकुमार गिरीको इजलासले उनलाई सफाइ दिएको जिल्ला अदालत ललितपुरका स्रेस्तेदार विष्णुप्रसाद पाण्डेले बताए।

    पूर्वडिएसपी खिउजुलाई सफाइ दिने गरी फैसला भएको छ। पूर्णपाठ अझै आइसकेको छैन,ु उनले भने, ुउहाँ थुनामुक्त भएर गैसक्नु भएको छ।ु

    यसअघि उक्त अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

    जागिर खान प्रहरी रिपोर्ट बनाउन गएका बेला चापागाउँ प्रहरी कार्यालयमा प्रमुख रहेका खिउजुले बलात्कार गरेको भन्दै ती किशोरीले दिएको जाहेरीका आधारमा उनीविरूद्ध बलात्कारको मुद्दा लागेको थियो।

    गत वर्षको माघमा जाहेरी परेको थियो भने फागुनमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

    सरकारी वकिलले खिउजुविरूद्ध बलात्कारको अभियोगपत्र भने बुधबार दर्ता गरेको थियो।

    ७ देखि १० वर्षसम्मको कैद सजाय र पीडितलाई मनासिब क्षतिपूर्ति दिलाउन माग गरिएको छ।

    प्रहरी कार्यालय सेवामा रहेकाबेला बलात्कार गरेको भन्दै जिल्ला सरकारी वकिलले खिउजुलाई थप ४ वर्ष कैद र ४० हजार जरिवानासमेत माग गरेको छ।

    खिउजुले आफूलाई ६ महिनासम्म बेलाबेला धम्काउने, फकाउने र बलात्कार गर्ने गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी थिइन्।

     

  • २० बैशाख २०७८, सोमबार २२:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images