जब्बर कोरोना, अटेर नागरिक
  • CIA Khabar

  • झापा । विभिन्न विकल्प अपनाउँदा पनि कोरोनाको संक्रमण दर उच्च भए पछि धेरैजसो जिल्लामा निषेधाज्ञा गरिएको छ ।

    जब्बर रुपमा संक्रमण फैलिरहेको र मृत्यु दरसमेत उच्च भएपछि कडाइका साथ निषेधाज्ञा जारी गर्दासमेत सर्वसाधारणले अटेर गरिरहेका छन् । निषेधाज्ञाको नियम पालना भएको छैन । सर्वसाधारण ओहोर दोहोर गरिरहँदा शहरी क्षेत्रमा सुरक्षाकर्मीनै परिचालन गर्नु पर्ने अवस्था छ ।

    झापामा पनि अहिले यस्तै देखिएको छ । कोरोनाको संक्रमण दर उच्च भए पछि झापामा दोस्रो चरणको निषेधाज्ञा लगाईएको छ । गएरातिदेखि लागुहुने गरी कडाइका साथ निषेधाज्ञा लगाइए पनि त्यसको कार्यान्वयन गराउन बिहानैदेखि सुरक्षाकर्मी परिचालित भएका छन् ।

    १९ गते मध्यरातदेखि २६ गते मध्यरातसम्म लागु हुनेगरि घोषणा गरिएको निषेधाज्ञामा सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागु गरिए पनि दोस्रो चरणको निषेधाज्ञामा अत्यावश्यक बाहेकका सवै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । तर उल्लङ्घन गर्दै सवारी साधन चल्ने क्रम नरोकिएपछि नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालित भएका छन् ।
    निषेधाज्ञाको पहिलो दिन निक्कै भिड रहेको बजार क्रमिक रुपमा सुनसान बन्न थालेको छ । तर बिहान र साँझपख भने साना सवारी साधन चल्ने क्रम बढ्ने गरेको छ । यात्रुबाहक सवारीसाधन भने ठप्प नै छन् ।

    साना सवारी साधनको अटेरी
    निषेधाज्ञाको नियम उल्लङ्घन गर्नेमा साना सवारी साधन बढि देखिएका छन् । मोटरसाईकलका साथै सिटी रिक्सा तथा अटो निषेधाज्ञाका नियम मान्न अटेर गरी चल्ने गरेका छन् । यसरी निषेधाज्ञा उल्लंघन गरेर गुडिरहेका सवारी साधन नियन्त्रणमा लिने गरेको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले अटेर गर्नेको बाध्यताको मुल्याङ्कन गरी छोडिने तर अनावश्यक हिडडुल गर्नेलाई दिनभर होल्ड गर्ने गरिएको बताए ।
    निषेधाज्ञा उल्लङ्घन गर्ने क्रम नरोकिए पछि झापामा थप कडाइ गरिएको हो । यसअघि गएको १७ गते जिल्ला प्रशासन कार्यालयले झापामा आंशिक निषेधाज्ञा घोषणा गरेको थियो ।

    १९ गते मध्यरातदेखि २६ गते मध्यरात सम्म लागु हुनेगरि घोषणा गरिएको निषेधाज्ञामा सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागु गरिएको थियो भने बजार पसल बिहान ११ बजेसम्म खुला गर्न दिईएको थियो । तर पुनः जारी निषेधाज्ञामा भने थप कडाइ गरिएको छ । २२ गते मध्यरातदेखि ३१ गते मध्यरातसम्म लागु हुनेगरि घोषणा गरिएको दोस्रो पटकको निषेधाज्ञामा अत्यावश्यक वस्तुका पसल १० बजेसम्म मात्र खुल्ला गर्न पाइने छ । यस्तै होटल, रेष्टुरेन्ट तथा चिया पसलसमेत पूर्ण रुपमा बन्द गर्न आदेश गरिएको छ । खाद्य बस्तुको अनलाइन अर्डर अनुसार होमडेलिभरीका लागि दिइएको छ ।

  • २३ बैशाख २०७८, बिहीबार १२:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images