होमआइसोलेशनमै मृत्यु
  • CIA Khabar

  • बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका–८ का एक कोरोना सङ्क्रमित युवकको होम आइसोलेशनमा मृत्यु भएको छ । बारबर्दिया–८ का ३८ वर्षीय युवाको वैशाख १७ गते बाँसगढीको माछागढमा रहेको कोभिड अस्पतालमा एन्टिजेन परीक्षण गराउँदा उनीसहित उनकी श्रीमतीकोमा पोजेटिभ रिपोर्ट आएको थियो ।

    उनीहरूको रिपोट पोजेटिभ आएपछि होमआइसोलेशनमा बस्दै आएका युवाको अस्पताल लैजाने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी नरेश श्रेष्ठले बताउनुभयो । बर्दिया जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार ११:१७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images