खोप प्रकरणमा मुछिएका ‘भूतप्रेत’ कति शक्तिशाली
  • CIA Khabar

  • काठमाडौ । भारतबाट कोभिड विरुद्धको खोप खरिद प्रक्रियामा १० प्रतिशत कमिशन मागेको तथ्यबाहिर आएपनि त्यसलाई गुमराहमा राख्ने प्रयास भएको छ । तथ्यलाई आधार मानेर अनुसन्धान अनुसन्धान अगाडि बढाउनुपर्ने बेला उल्टै बहालवाला मन्त्रीको भनाईलाई खण्डन सहित विज्ञप्ती निकालेर स्वास्थ्य मन्त्रालयले रमिता देखाएको छ ।

    स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई धम्की दिँदै गरेका यी व्यक्ति हुन्, सुरज वैद्य । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्वन्धका कारण बालुवाटारमा उनको राम्रै उठबस छ ।भारतसँग खोप खरिद प्रक्रियामा १० प्रतिशत कमिशन नमिल्दा सुरजको कम्पनी हुकुम इन्टरप्राइजेजले २० लाख खोप नै रोकिदियो । कमिसनको स–प्रमाण बाहिर आउँदा पनिउनलाई कुनै डरत्रास छैन । बरु, स्वास्थ्य मन्त्रीलाई उल्टै यसरी धम्की दिइरहेका छन् ।

    यी सुरज वैद्य तिनै हुन्, जसलाई प्रधानमन्त्री ओलीले भ्रमण वर्ष २०२० को संयोजक बनाएका थिए । भारतसँग खोप खरिदमा ३२ करोड ४३ लाख कमिशन खाने सुरज सहित प्रधानमन्त्रीका आर्थिक सल्हाकार मोतिलाल दुगडको समेत दाउ थियो ।यसरी सत्ता र शक्तिको आडमा खुलेआम धन्दा चलाएपछि स्वास्थ्यमन्त्रीले उनीहरुलाई ‘शक्तिशाली भूतप्रेत’ भनेका थिए। हेर्नुहोस् त भूतप्रेतको कत्रो शक्ति, मन्त्रीको यो भनाइ डढेलोसरी फैलिएपछि स्वास्थ्य मन्त्रालयले खण्डनसहित विज्ञप्ती नै जारी गर्नुप¥यो।

    प्रधानमन्त्री ओलीका विश्वासपात्रहरु नै कमिसनको खेलमा लागेको यो पहिलो घटना भने होइन । स्वास्थ्य सामग्री खरिदमा मुछिएका उप–प्रधानमन्त्री ईश्वर पोखरेल र७० करोड कमिशन प्रकरणमा मुछिएका तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटा पनि ओलीकासर्वाधिक विश्वासपात्र हुन् । यसका कारण पनि प्रधानमन्त्री ओली कमिसनखोरहरूको मतियार बन्दै गएका देखिन्छन् ।स–प्रमाण सहितको तथ्य बाहिर आउँदा पनि यो घटनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बेखवर छ । उसको मौनताले पनि अख्तियार जस्तो संवैधानिक अंग पनि कसैको दवावमा त छैन भन्ने पैदा हुन थालेको छ ।

    कोरोनाविरुद्धको खोप आयात रोकिनुमा शक्तिशाली व्यक्तिहरुको संलग्नता रहेको पुष्टि भइसकेको छ । तर, पनि यसका मतियारहरुविरुद्ध अुनुसन्धानका लागि कुनैपनि प्रक्रिया नै नथाल्नुले कानुनी राज्यकै उपहास भएको छ ।।

  • २४ बैशाख २०७८, शुक्रबार १८:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images