कामी रीताको नयाँ कीर्तिमान, सगरमाथाको २५ औं पटक आरोहण
  • CIA Khabar

  • काठमाडौ । सर्वाधिक धेरैपटक सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका नेपालका कामी रीता शेर्पाले आफ्नो आरोहण संख्या बढाएका छन् । उनले शुक्रबार २५ औँ पटक सगरमाथा आरोहण गरेका हुन् ।

    ‘रोप फिक्सिङ टिम’को नेताका रुपमा अन्य ११ जना शेपासँगै उनले सगरमाथाको चुचुरोमा पाइला राखे । शुक्रबार कामी रीतासँगै सफल आराहेण गर्ने अन्य व्यक्तिहरुमा तेन्जिङ शेर्पा, मिङ्मा तेन्जी शेर्पा, मिङ्मा दोर्ची शेर्पा, फुर्तेन्जी शेपार्न, लाक्पा नोर्बु शेर्पा, ग्मिा टासी शेर्पा, फुरा छिरिङ शेर्पा, फुर्बा छोटार शेर्पा, छेतेन दोजी शेर्पा, तेन्जिङ ग्याल्जिन शेर्पा र फुर्वा कुसाङ शेर्पा छन् ।

  • २४ बैशाख २०७८, शुक्रबार २१:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images