दोश्रोतहका नेताले फेलापारे सहमतिको सुत्र तर ओली मौन
  • CIA Khabar

  • ललितपुर । नेकपा एमालेका दोश्रो तहका नेता आन्तरिक विवाद समाधान गर्ने प्रयासमा सहमति नजिक पुगेकाछन् । तर पार्टी अध्यक्ष केपी शर्मा ओली दोश्रो तहका नेतले खोजेको समहतिको सुत्रमा मौन बस्दा समस्या समाधानमा कुनै प्रगति हुन सकेको छैन ।दुई दिनदेखि विवाद मिलाउन कस्सीएका नेता एमालेको पुरानै पार्टी संरचना अन्तर्गत बैठक राखेर त्यहीँबाट समाधान खोज्ने पक्षमा सकारात्मक बने पनि ओली मौन बस्दा उनीहरूको प्रयास समेत निरर्थक बनेको छ ।

    एमालेको नेपाल–खनाल पक्ष विवाद मिलाउन सबैभन्दा पहिले २०७७ फागुन २८ गतेको निर्णय सच्चिनु पर्ने अडानमा छ ।दोश्रो तहका नेताले माओवादीसंग एकता हुनुपूर्वको पार्टी संरचनालाई जिवित तुल्याउने र माओवादीवाट एमालेमा आएका नेतालाई सोही कमिटीको बैठकवाट अहिले दिइए जस्तै जिम्मेवारी दिने सहमतिमा पुग्दै यहि २ म्याण्डेट सहितको कार्यदल बनाउन सहमत भएका छन् । तर ओलीले यसका कुनै प्रतिकृया नदिएपछि अघि बढ्न सकेको छैन । प्रधानमन्त्रीसमेत रहेका ओलीले फागुन २८ को निर्णय सच्याउन असहमति जनाएपछि शुक्रबार हुने भनिएको ओली–नेपाल निर्णायक वार्तासमेत हुन सकेन ।

    बालुवाटारमा दोस्रो तहका नेताले कार्यदल बनाएर विवाद निरुपण गर्नेसम्मको विषयमा छलफल गरे पनि शुक्रबार यसले निकास पाउन सकेन ।बालुवाटार निकट स्रोतका अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रमुख सचेतक विशाल भट्टराई, मन्त्रीहरू पार्वत गुरुङ, लीलानाथ श्रेष्ठ, स्थायी कमिटी सदस्यहरू किरण गुरुङ, छविलाल विश्वकर्मा लगायतले ओलीलाई विवाद मिलाउन दबाब दिएका थिए ।

    उनीहरूले फागुन २८ गते गरेकै निर्णय पुरानै केन्द्रीय कमिटीको बैठक राखेर गर्न र पार्टीलाई सुरुकै अवस्थामा ल्याउनुपर्ने नेपाल पक्षको माग सम्बोधन गरेर अघि बढ्न आग्रह गरे पनि ओली त्यसमा सहमत हुन सकेनन् । शुक्रबार दिनभर दुवै पक्षका दोस्रो तहका नेता छलफलमै क्रियाशील थिए । नेपाल पक्षले माओवादी केन्द्रसँग एकीकरण हुनु पूर्वकै सांगठनिक संरचना क्रियाशील बनाउनुपर्ने अडान कायमै राखेको छ । नागरिक दैनिकबाट

  • २५ बैशाख २०७८, शनिबार ०८:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images