काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठक डाकेका छन् ।
सोमबार र बिहीबार नियमित बस्दै आएको मन्त्रिपरिषद बैठक आज साँझ ५ पनि डाकिएको हो ।
बैठकका एजेण्डाबारे जानकारी नभए पनि वैशाख २७ को विश्वासको मत र विकसित राजनीतिक घटनाक्रमबारे ओलीले परामर्श लिन खोज्नु भएको हुन सक्ने एक मन्त्रीले बताए ।
प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि यही वैशाख २७ गते संसदको ‘विशेष अधिवेशन’ आह्वान गरिएको छ ।
विश्वासको मत लिने मिति सार्वजनिक भएसँगै प्रमुख राजनीतिक दलहरूबीच आन्तरिक तथा बहुपक्षीय छलफलले तीव्रता पाएको छ ।
आजै कांग्रेसको संसदीय दलको बैठकसमेत बस्दैछ ।