खोप खरीदमा सरकारले भ्रष्टाचार गर्यो : देउवा
  • CIA Khabar

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसविरुद्धको खोप खरीदमा भ्रष्टाचार भएको आरोप लगाएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको भयावह अवस्था हुँदापनि सरकार गम्भीर नबनी अनियमितता गर्न उद्यत रहेको आरोप लगाएका हुन् ।

    विज्ञप्ती मार्फत् सभापति देउवाले खोप खरीपमा अनियमितता गर्ने जोकोही भएपनि कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

    ‘यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भएपनि कडा कारवाही गर्न सम्बन्धित निकायसंग माग गर्दछु’, देउवाले भनेका छन् ।

  • २५ बैशाख २०७८, शनिबार ११:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images