लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका वरिष्ठ नेता माधव नेपालको तुलनामा गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादलसँग हुन नसक्ने बताएका छन् ।
यस्तै बादलको तुलना खिमलाल देवकोटासँग हुन नसक्ने उनको भनाइ छ । पार्टीका तर्फबाट राष्ट्रियसभा उपनिर्वाचनमा बादल र खिमलालबीच भिडन्त हुन लागेको सन्दर्भमा पोखरेलले यस्तो बताएका हुन् ।
शुक्रबार बादलविरुद्ध एमालेकै खनाल–नेपाल समूहका खिमलाल देवकोटाले विपक्षी गठबन्धनबाट उम्मेदवारी दिएपछि एमाले ओली समूहका नेता समेत रहेका पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।
‘जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुँदैन भनेर हामी भन्छौ, त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्दैन । मनन गरौँ’, शनिबार उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।