बालुवाटारमा ‘बालुवा पेल्दै’ एमाले नेता !
  • CIA Khabar

  • काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने दिन ९वैशाख २७० नजिकिँदै जाँदा सत्तारुढ नेकपा एमालेभित्र तरंग उत्पन्न भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्षबीच आन्तरिक छलफल बाक्लिएपनि दुई समूहबीचको दुरी घटेको छैन ।

    दुई दिनयताका घटनाक्रम विश्लेषण गर्दा एमाले आपसमा नमिल्ने बाटोतिरै लम्किएको देखिन्छ । दोस्रो पुस्ताका नेताहरुबीच आन्तरिक संवाद तीव्र भएको छ । तर, यो संवादले ठोस निकास दिन सकेको छैन । केपी ओली र माधव नेपाल दुबै पक्षका नेताहरु आ–आफ्नो बटमलाइनमा दृढ देखिएकाले एमाले नेताहरुको सम्वाद सकारात्मक हुन नसकेको हो ।

    राष्ट्रपतिलाई भेटेको भोलिपल्ट शुक्रबार बरिष्ठ नेता माधवकुमार नेपालले भ्रममा नपर्न आग्रह गर्दै भनेका छन्, ‘अहिलेसम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ र त्यसपछि बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरु फिर्ता लिइनुपर्छ र ०७५ जेठ २ गतेको कमिटी विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो ।’

  • २५ बैशाख २०७८, शनिबार १३:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images