शेरबहादुर देउवा संवैधानिक परिषद्को बैठकमा नजाने
  • CIA Khabar

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट पारेका छन् ।

    देउवाले आज एक विज्ञप्ति जारी गर्दै सरकारले संविधानको मूल मर्म विपरीत संवैधानिक संरचनालाई नै भत्काउने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको आरोप लगाउँदै बैठकमा भाग नलिने बताएका हुन् ।

    विज्ञप्तिमार्फत देउवाले भनेका छन्, “संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरीत, संसदीय मूल्य, मान्यता प्रतिकूल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आह्वान गर्दछु ।”

    उनले कानून निर्माण र संशोधन गर्ने संसद्को आधारभूत, मौलिक एवं अविछिन्न अधिकारलाई कुण्ठित गरी अध्यादेशमार्फत संविधानको संरचना नै भत्किने गरी पटकपटक अध्यादेश जारी गर्ने काम भएको टिप्पणी पनि गरेका छन् ।

  • २५ बैशाख २०७८, शनिबार १६:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images