त्रिवि शिक्षण अस्पताललाई दश भेन्टिलेटर सहयोग
  • CIA Khabar

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई दश थान भेन्टिलेटर सहयोग गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक प्रा.डा दिनेश काफ्लेलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

    सो अवसरमा प्रमुख शाक्यले हाम्रा योजना अस्पतालमा भेन्टिलेटर र सघन उपचार कक्ष बढाउनुभन्दा व्यक्तिव्यक्तिलाई सङ्क्रमण हुनबाटै बचाउनेतिर केन्द्रित गरिनुपर्नेमा जोड दिए । भेन्टिलेटरको जम्मा मूल्य रु दुई करोड नौ लाख रहेको बताईएको छ ।

    चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा डा दिव्यासिंह शाहले अस्पतालमा आएका बिरामीलाई फिर्ता पठाउन नपरोस् भनेर क्षमता र जनशक्ति व्यवस्थापनमा जोड दिइएको बताए ।

    अस्पतालमा अहिले दैनिक पाँच हजार लिटर अक्सिजन खपत भइरहेको छ । सोमध्ये दुई हजार लिटर आन्तरिक प्रणाली र तीन हजार लिटर बाह्य उत्पादनबाट व्यवस्थापन गरिएको छ ।

    हरेक दिन यसको माग बढ्दै गएको र यसमा पनि कामपाको सहयोग आवश्यक रहेको प्रा. डा. काफ्लेले बताए ।

  • २५ बैशाख २०७८, शनिबार २०:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images