नेपाल बेलायतको यात्रा प्रतिबन्धको ‘रेड लिस्ट’ मा
  • CIA Khabar

  • काठमाडौ । बेलायतको यात्रा प्रतिबन्धको ‘रेड लिस्ट’ मा नेपाल पनि थपिएको छ ।

    नेपालसहित टर्की र माल्दिभ्सलाई समेत आउँदो मे १२ तारिख बिहान ४ बजेबाट लागू हुने गरि बेलायतको रेड लिस्ट’ मा समावेश गरिएको बेलायती यातायात मन्त्री ग्रान्ट श्याप्सले जानकारी दिए।

    यसअघि बेलायतले भारत, कतार लगायतका मुलुकलाई ‘रेडलिस्ट’मा राखेको थियो । पछिल्लो समय टर्कीमा कोरोना संक्रमण दैनिक २७ हजार भन्दा हुन थालेपछि राष्ट्रिय लकडाउनको घोषणा गरिएको छ ।

    यसैगरी नेपालमा पनि कोरोना संक्रमण दर र मृतक संख्यामा अत्यधिक वृद्धि भएपछि बेलायत सरकारले यात्रा प्रतिबन्ध लगाएको हो ।

    बेलायती नागरिक वा बेलायतको ुरेसिडेन्स पर्मिटु हुनेहरूलाई यात्रा बन्देजको नियम लागू हुनेछैन । तर, उनीहरुले पनि अनिवार्य रुपमा १० दिन होटेल क्वारेन्टिन बस्नुपर्नेछ ।

    होटेल क्वारेन्टिनका लागि लाग्ने साढे १७ सय पाउन्डको खर्च समेत यात्रु आफैंले व्यहोर्नुपर्ने । त्यस अवधिमा दुई पटक पिसिआर टेस्ट गराउनु पर्नेछ । तर, नतिजा नेगेटिभ आएपनि १० दिनको पूरै अवधि होटेल क्वारेन्टिनमै बिताउनुपर्नेछ ।

    कोरोना संक्रमणको उच्च दर रहेका र नयाँ भेरियन्ट देखिएका मुलुकहरूबाट भित्रिने यात्रुलाई विशेष निगरानीमा राख्ने प्रयासमा ल्याइएको ‘रेड लिस्ट’मा करिब ४३ वटा देश समावेश छन् ।

  • २६ बैशाख २०७८, आईतवार ०७:५३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images