मौसममा बदली : यी स्थानमा हुन सक्छ चट्याङ्गसहितको वर्षा
  • CIA Khabar

  • काठमाडौ । आज देशका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पश्चिमी न्यून चापीय प्रणाली, पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभावले आज दिउँसो मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आह्वान गरिएको छ ।

    सोमबार र मंगलबार पनि ठाउँ ठाउँमा हल्का वर्षाको पूर्वानमान गरिएको छ ।

    यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

    वैशाख २६ गते (आईतबार)

    दिउँसोस् देशको प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । साथै देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राति स् देशको प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आँशिक बदली रहने छ । साथै उक्त प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    वैशाख २७ गते (सोमबार)

    दिउँसोस् देशको प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । साथै देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राति स् देशको प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आँशिक बदली रहने छ । साथै उक्त प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    वैशाख २८ गते (मंगलबार)

    दिउँसो देशको प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने वाग्मती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। ।

    राति स् देशका प्रदेश १, प्रदेश २ तथा बाँकी प्रदेशहरुका पहाडी भू(भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम साथै प्रदेश नं १ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

  • २६ बैशाख २०७८, आईतवार ०८:१७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images