देउवालाई यी तीन सन्देश सुनाएर महन्थ-राजेन्द्र बालुवाटार पुगे
  • CIA Khabar

  • काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा लामो छलफलपछि जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

    पछिल्लो समय ओलीसँगै संवाद र सहकार्यमा रहेका ठाकुर र महतो पछिल्लो घटनाक्रम बारे परामर्श गर्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीले भोलि विश्वासको मत लिन प्रतिनिधिसभा बैठक बोलाएका छन् ।

    ठाकुर र महतोले देउवालाई मुलतः तीनवटा सन्देश दिएका छन् । ती विषय उनीहरुले बालुवारटामा समेत जानकारी गराएका छन् ।
    देउवालाई ठाकुरले प्रष्टसँग भनेका छन् :

    १ः विश्वासको मतमा जसपा तटस्थ बस्छ,उपेन्द्र यादवजीको कुरामा नलाग्नुहोस् ।

    २ः वैकल्पिक सरकारको सम्भावना अहिले छैन ।

    ३ः सबै मिलेर निर्वाचनतर्फ मुलुकलाई लैजाऔं ।

    वार्तामा सहभागी स्रोतका अनुसार जसपाको भर परेर कुनै निर्णय नलिन देउवालाई सुझाव दिएका छन् ।

  • २६ बैशाख २०७८, आईतवार १५:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images