महामारीमा चालेको ओली कदमको जति विरोध गरेपनि कम हुन्छः रामचन्द्र पौडेल
  • CIA Khabar

  • काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महामारी नियन्त्रणका लागि सवै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । गणेशमान अध्ययन प्रतिष्ठानद्धारा कांग्रेसका स्. नेता नविन्द्रराज जोशीको ४५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले महामारीको समयमा चालेको प्रधानमन्त्री ओली कदमको जति विरोध गरेपनि कम हुँने बताए ।

    पूर्व उद्योगमन्त्री समेत रहेका स्व। नेता जोशीलाई स्मरण गर्दै पौडेलले देशले होनहार एक उदीयमान नेता गुमाएको बताए । “लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र कांग्रेसभित्र खड्किनेछ”, उनले भने ।

    महामारीमा अलिकति पनि विचलित नभई जनताको घर दैलोमा पुगेका स्व। नेता जोशीबाट कांग्रेस नेताहरुले पाठ सिक्नुपर्ने पौडेलले बताए ।
    कांग्रेस नेता प्रकाशमान सिंहले जोशी पार्टीका नेता मात्र नभएर प्रजातान्त्रिक आन्दोलनको सशक्त व्यक्ति भएको बताए । गणेशमान सिंह अन्ययन प्रतिष्ठानलाई मात्र जीवन्त राख्न सके जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने उनले उल्लेख गरे ।

    स्व. नेता जोशीकी धर्मपत्नी सपना जोशीले नविन्द्र सधैं परिवारभन्दा उठेर देश र जनता प्रति समर्पित नेता रहेको औंल्याए । पार्टी र जनताको सेवामा अनवरत खटिरहँदा नै उनको जीवनलिला समाप्त भएको उनले सुनाइन् ।

    अर्को प्रशंगमा सपनाले श्रीमानले गर्दै आएका सवै असल कामहरुलाई आफुले निरन्तरता दिदै जीवन्त राख्न आफुले भूमिका खेल्ने जनाइन् । वि।स। २०१९ जन्मिएका जोशीको विसं २०७७ चैत १३ गते नर्भिक अस्पताल थापाथलीमा उपचारको क्रममा निधन भएको थियो ।

  • २६ बैशाख २०७८, आईतवार १६:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images