माधव नेपालसँगको ओलि दुतको भेटमा के के भयो कुराकानि ?
  • CIA Khabar

  • काठमाडौँ । राजीनामा बुझाउन संघीय संसद सचिवालयमा पुगेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङबीच भएको छलफल सकिएको छ ।

    छलफलमा सहभागी एमाले नेता सुवा नेम्बाङका अनुसार आजको छलफलका क्रममा पार्टीभित्र देखिएको विवादका विषयमा गम्भिर छलफल भएको छ । छलफल सकिएपछि उनले भने,‘खुलस्त कुरा भयो । प्रधानमन्त्रीको चिन्ता र सरोकार माधवकुमार नेपालसमक्ष राख्यौँ । सम्पूर्ण पार्टीपंक्तिको चिन्ता र सरोकार राख्यौँ। उहाँले पनि आफ्ना कुरा खुलस्त भन्नुभयो । हामीले ति कुराहरु पार्टी अध्यक्षसँग पुर्‍याउँछौं ।’

    पार्टी एकतालाई वलियो बनाएर लैजानुपर्छ भन्ने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समेत सकारात्मक देखिएको पाइएको उनले जानकारी दिए । उनले भने,‘पार्टी एकतालाई बलियो बनाउने विषय हाम्रो कुराकानीमा पनि त्यो प्रतिबिम्बित भएको पायौँ ।’

    पार्टीभित्र देखिएको विवाद समाधानका लागि सकभर छिटो फेरि छलफल गरेर टुंगोमा पुग्ने नेता नेम्वाङले बताए ।

    उनले भने,‘भरसक चाँडो टुंगोमा पुर्‍याउनका लागि ठोस रुपमा के आधारहरु हुनसक्छन् त्यसबारेमा सल्लाह गर्न पार्टीलाई एकताबद्ध बनाउने बारेमा फेरि पनि छलफल गर्ने भन्ने निष्कर्षका साथ छलफल सकिएको छ ।’

    भोलि बिहान समेत छलफल हुनसक्ने बताएका नेता नेम्वाङले फेरि कहिले छलफल गर्ने भन्ने खुलाएनन् ।

    नेता पौडेल र नेम्वाङसँगको छलफल सकिएपछि वरिष्ठ नेता नेपाल समूहका सांसदहरुको बैठक सिंहदरबारमा  भएको हो ।

  • २६ बैशाख २०७८, आईतवार १७:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images