कोरोना नियन्त्रणको लागि स्वास्थ्य मन्त्रालयलाई नेता थापाको तीन सुझाब
  • CIA Khabar

  • काठमाडौ । नेपाली कांग्रेसका नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले सरकारले कोरोना नियन्त्रण गर्न बेवास्ता गरेको भन्दै स्वास्थ्य मन्त्रालय र सरकार सङ आक्रोश पोख्दै सुझाब समेत दिएका छन ।

    नेता नेता थापा सामाजिक सन्जालमा लेख्छन :

    ” वैशाख २५ गते स्वास्थ्य मन्त्रालयले मन्त्रालयको सिफारिस बिना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पतालहरूलाई सिलिन्डर भरी बिक्री वितरण नगर्न अक्सिजन कम्पनीलाई निर्देशन दियो। अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्न यो आवश्यक भएको भन्ने मन्त्रालयको तर्क छ। आवश्यक तयारी गर्नुपर्ने वेलामा नगर्ने अनि अहिले अत्तालिएर बेतुकको निर्णय गर्दा झन कोलाहल भएको छ। निर्णयको २४ घण्टा नबित्दै अहिले फेरी सिसिएमसीले हेर्ने भनिएको छ। यसरी कहिले के कहिले के हचुवाको भरमा गरेको निर्णयले समाधान दिँदैन बरु झन समस्या बढाएको छ।

    त्यसैले :

    १- अस्पतालमा अक्सिजनको आपूर्तिलाई तत्काल सहज बनाऊ, झन्झट नथप। अस्पतालमा अनुगमन गर्ने सम्बन्धित निकायले गर तर अक्सिजन सिलिन्डर भर्न मन्त्रालयको सिफारिस चाहिने अड्को थपेर अव्यवहारिक काम नगर।

    २- कहीँ कतै अक्सिजन दुरुपयोग नहोस् भन्नेतर्फ मन्त्रालयले सोचेको हो भने पनि त्यसको अनुगमन गर्ने यो उपयुक्त बाटो होइन। त्यसका लागि मन्त्रालयले व्यष्लत च्बउष्म ब्अतष्यल त्भबm बनाएर प्रभावकारी रूपमा परिचालन गरी कुन अस्पतालमा शैया, बिरामी र अक्सिजनको अवस्था के छ, आवश्यकता के छ, ठिक ढङ्गले अस्पतालले उपचार गरेका छन् की छैनन् अनुगमन गर्नुपर्छ, कतै दुरुपयोग भएको रहेछ, मापदण्ड मिचिएको छ भने कारवाहीको दायरामा ल्याउनुपर्छ, दायरामा ल्याउँ। तर, आफ्नो अक्षमता लुकाउन बिरामीलाई थप सास्ती दिने काम नगर।

    ३- यस्तो बेतुकको निर्णयले कयौँ ठाउँमा बिरामीलाई भर्ना लिने ढोका समेत बन्द भएका छन्, दिएको सुविधा पनि घटाउन थालेका समाचारहरू आइरहेका छन्।कयौँ बिरामी घर फर्काइएको छ। यसको जिम्मा कसले लिनेरु अक्सिजन अभावका कारण हुने प्रत्येक व्यक्तिको मृत्युको जिम्मा यस्तो निर्णय गर्नेले लिनुपर्छ। “

    No photo description available.

  • २६ बैशाख २०७८, आईतवार १८:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images