माधव पक्षका सांसदले राजिनामा गर्ने कुरा ‘चर्चाको लागि गरिएको हल्ला’: नेता नेम्वाङ
  • CIA Khabar

  • काठमाडौँ । एकपा एमालेका नेता तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले माधव कुमार नेपाल समूहले सामुहिक रुपमा राजिनामा दिने भन्ने कुरा चर्चाको लागि गरिएको हल्ला भएको बताउनुभएको छ ।

    राजिनामा दिन सिंहदरवारमा माधव समूहका सांसदहरुको भेला भइरहेको र आजनै राजिनामा दिने भन्ने कुरा चर्चा कमाउन गरिएको हल्ला भएको स्वयं नेपालले नै बताउनुभएको नेता नेम्वाङले बताउनुभयो । आज सिंहदरवारमा माधव नेपालसँग भएको भेटवार्ता पछि पत्रकारहरुलाई संक्षिप्त जानकारी गराउँदै नेता नेम्वाङले एमाललेलाई एकतावद्ध बनाएर लैजाने विषयमा छलफल भएको बताउनुभयो । स्वयम् नेता नेपाललाई नै राजिनामाको वारेमा थाहा नभएको जानकारी गराएको नेता नेम्वाङले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘हामीले राजिनामाको कुरा के हो भनि प्रश्न गरेका थियौ । माधव कुमार नेपालले उक्त कुरा आफुलाई समेत थाहा नभएको बताउनुभयो । त्यसैले उक्त कुरा चर्चाको लागि गरिएको हल्ला मात्र हो । वास्तविकता हैन ।’ आज भोली नै पुनः नेता नेपालसँग छलफल गरी पार्टी भित्रको समस्या समाधान गर्ने तयारी भएको जानकारी दिँदै नेता नेम्वाङले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आन्तरिक छलफल पछि पुनः वार्ता हुने बताउनुभयो ।

    छलफलमा अर्थमन्त्री तथा एमालेका नेता विष्णु पौडेलको समेत सहभागिता रहेको थियो । उहाँले पनि माधव पक्षका सांसदहरुले राजिनामा दिने कुनै कुरा नभएको बताउनुभयो । उहाँका अनुसार पार्टी एक बनाउने विषयमा विविध कोणबाट छलफल भइरहेको जानकारी दिनुभयो ।

  • २६ बैशाख २०७८, आईतवार २१:२४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images