एमालेलाई गद्धार गर्ने माधव समूहका २८ सांसदहरु को को हुन् ? (सूचीसहित)
  • CIA Khabar

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले उपस्थिती नजनाएपछि विश्वासको मत अस्वीकृत भएको छ ।

    स्वार्थ र कुण्ठाका कारण माधव समूहका २८ जना सांसदहरुले प्रधानमन्त्री ओलीको पक्षमा मत लगाउन उपस्थित हुनुभएन । जसले गर्दा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाउनु पर्यो ।

    उपस्थित नहुने सांसदहरुमा

    १- योगेश भट्टराई २- झलनाथ खनाल ३- पवित्रा निरौला खरेल ४- भवानी खापुङ ५- जयकुमार राई ६ – यज्ञराज सुनुवार ७- गणेश पहाडी ८- विरोध खतिवडा ९- कृष्णलाल महर्जन १०- माधवकुमार नेपाल ११- जीवनराम श्रेष्ठ १२- नारायण खतिवडा १३। घनश्याम भुसाल १४। गोकर्ण विष्ट १५। सोमप्रसाद पाण्डे १६। मेटमणी चौधरी १७। झपट रावल १८। भीमवहादुर रावल १९। दिपकप्रकाश भट्ट २०। सुरेन्द्र पाण्डे २१। रामकुमारी झाँक्री २२। सरला यादव २३। पुष्पाकुमारी कर्ण २४। कल्याणी खड्का २५।निरादेवी जैरु २६। कलिला खान २७। लक्ष्मीकुमारी चौधरी २८। मुकुन्द न्यौपाने रहनुभएको छ ।

    आज प्रधानमन्त्री ओलीले प्रस्तुत गर्नुपर्नेको विश्वासको पक्षमा ९३ जना सांसदहरुले हस्ताक्षर गर्नुभएको छ भने विपक्षमा १२४ जना सांसदहरुले हस्ताक्षर गर्नुभयो । त्यस्तै पक्ष वा विपक्ष कुनैमा पनि छैन भन्नेमा १५ मत रहेको छ । प्रतिनिधिसभामा जम्मा २३२ सांसदहरुको उपस्थिती रहेको थियो । एमालेका माधव नेपाल समूहका २८ जना सांसदहरु अनुपस्थित रहुनभएको थियो । माधव समूहले मत दिएको भए पक्ष वा विपक्ष कुनैमा पनि छैन भन्ने जसपाका १५ सांसदले मतदिने निश्चित थियो । त्यति भएमा सरकारको विश्वासको मतमा पुग्ने थियो ।

  • २७ बैशाख २०७८, सोमबार १९:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images