महामारीबाट आक्रान्त भएको मौका छोपर निर्माण सामग्रीको भाउ अस्वाभाविक रुपमा बढाइयो
  • CIA Khabar

  • काठमाडौ । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले निर्माण सामग्रीको भाउ अस्वाभाविक रूपले बढाएका छन् ।

    विश्व महामारीका रूपमा दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गत १६ वैशाखदेखि जारी राखेको काठमाडौं उपत्यकालगायत मुलुकभरका अधिकांश ठाउँको निषेधाज्ञाकै समयमा हाल उत्पादक र विक्रेताले छडमा प्रतिकेजी ३० प्रतिशत र सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ मूल्यवृद्धि भएको छ ।

    निषेधाज्ञा लागू भएको ११औं दिन सोम्बारसम्म छड, सिमेन्टलगायत विभिन्न निर्माणजन्य वस्तुको भाउ अस्वाभाविक रूपमा अत्यधिक बढाएको आमउपभोक्त एवं सरोकारवालाको भनाइ छ । उनीहरूले कोरोना कहर र निषेधाज्ञाको मौका छोपेर व्यवसायीले यसरी निर्माणजन्य वस्तुहरूको मूल्य अत्यधिक बढाएको बताएका छन् ।

    उनीहरूका अनुसार निषेधाज्ञा लागू भएको एक साता बित्न नपाउँदै छड र सिमेन्ट उत्पादक तथा विक्रेताले प्रतिकेजी छडमा ३० प्रतिशत र प्रतिबोरा सिमेन्टको मूल्यमा २५ रुपैयाँ वृद्धि गरेको जानकारी गराएका छन् ।

    यो समाचार आजको राजधानी दैनिकमा छ ।

  • २८ बैशाख २०७८, मंगलवार ०८:२२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images