अमेरिकामा फाइजरको खोप १२-१५ वर्षका बालबालिकालाई पनि लगाइने
  • CIA Khabar

  • काठमाडौँ ।  कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकले बनाएको खोप अमेरिकामा १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ ।

    अमेरिकी औषधिसम्बन्धी नियामक निकाय फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन ९एफडिए० ले बालबालिकामा पनि खोपको स्वीकृति दिएसँगै अब त्यहाँ १२ वर्षमाथिका लाई खोप लगाउन लागिएको हो ।

    यो खोप यसअघि १६ वर्षमाथिकालाई दिइदै आएको थियो । फाइजर र बायोएनटेकले १२ देखि १५ वर्ष उमेरका २२ सय ६० जनामा गरेको परीक्षणको नतिजापछि सुरक्षित देखिएपछि खोपलाई स्वीकृति दिइएको हो ।

    एफडिएका कमिस्नर डा। ज्यानेट वूडककले सार्वजनिक जीवनलाई सामान्य तर्फ लैजान बालबालिकालाई पनि खोपलाई स्वीकृति प्रदान गरिएको बताएकी छन् ।

    अमेरिकामा अहिलेसम्म खोपको २६ करोड १५ लाख ९९ हजार भन्दा बढी मात्रा खोप लगाइएको छ । पूर्ण खोप लगाउनेको संख्या ११ करोड ५३ लाख ३० हजारभन्दा बढी छ ।

  • २८ बैशाख २०७८, मंगलवार ०९:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images