श्वासनलीमा किन हुन्छ संक्रमण ?
  • CIA Khabar

  • नाक, मुख, घाँटी वा फोक्सोमा हुने संक्रमणलाई श्वासप्रश्वास नलीको संक्रमण भनिन्छ । साधारणतया यस्तो संक्रमण गम्भीर चोट, तथा अन्यत्रबाट सरेर आउँछ ।

    लामो समयसम्म ओछ्यानमा पल्टिरहनु पर्ने बिरामीहरुमा फोक्सोको चाल र गतिमा कमी आउँछ । जसले गर्दा फोक्सो भित्रबाट निस्किने खकारलाई बिरामीले खोकेर बाहिर निकाल्न सक्दैनन् र फोक्सोभित्र जमेको खकारले संक्रमण गराउने संभावना हुन्छ ।

    किन हुन्छ संक्रमण ?
    नाक, मुख, घाँटी वा फोक्सोमा संक्रमण हुनुमा पिनास (साइनसिटिस), घाँटीको संक्रमण (फाराइनजाइटिस), स्वरनलीमा संक्रमण (लाराइनजाइटिस), कानको मध्य भागमा संक्रमण (ओटोटिश मिडिया) लगायतका कारण रहने गरेका छन् ।

    यी कारणले श्वासप्रश्वास नलीमा गम्भीर संक्रमण हुनसक्छ । यस अलावा निमोनिया साथै नाक, मुख र घाँटीमा संक्रमितका साधनहरु जस्तै रुमाल, मास्क, ओछ्यान, सिरक आदि प्रयोग गरेमा वा प्रदुषित हावामा बिरामीले श्वासप्रश्वास लिएमा पनि श्वासप्रश्वास नलीमा संक्रमण हुने गर्दछ ।

    संक्रमणका लक्षण
    – १०३ डिग्रीसम्म ज्वरो आउनु
    – धेरै पसिना आउनु
    – श्वास फेर्न गाह्रो हुनुरछिटोछिटो श्वास फेर्नु
    – श्वास फेर्दा असाधारण आवाज आउनु
    – चर्को खोकी लाग्नु
    – कफरखकार बाक्लो गाढा हुनु
    – पहेँलोररगत मिसिएको बाक्लो खकार आउनु
    – पुरै शरीरमा पीडा हुनु
    – अत्यधिक थकाइ लाग्नु ।

    बिरामीको स्याहार
    – घर वरपरको वातावरण धुलो, धुवाँ मुक्त स्वच्छ राख्ने ।
    – बिरामी घरपालुवा जनावरबाट टाढा रहने ।
    – बिरामीको छेउमा नजाने ।
    – जलवियोजन हुन नदिन बिरामीलाई तातो झोलिलो पदार्थ खुवाउने ।
    – बिरामीलाई न्यानो बनाई राख्न चिसोबाट बचाउने ।
    – बिरामीलाई राम्ररी हावा चल्ने कोठामा राख्ने ।
    – बिरामीको ओछ्यान आरामदायी बनाउने ।
    – बिरामीको उपचार र हेरचाह अघि र पछि साबुन पानीले राम्ररी हात धुने ।
    – बिरामीको उपचारमा सक्रियहरुले मुख छोप्न माक्स लगाउने ।
    – बिरामीले लगाएको माक्स फेरीरहने ।
    – बिरामीले प्रयोग गर्ने श्वासप्रश्वासका साधनहरु स्यानिटाइज गर्ने ।
    – बिरामीलाई प्रोटिनयुक्त पोषिलो खानेकुरा माछामासु, अण्डा र दूधजन्य पदार्थ खुवाउने ।
    – बिरामीले फोक्सोलाई फैलाउन मद्दत पुर्‍याउने श्वासप्रश्वास व्यायाम गर्ने ।
    – नाकबाट फोक्सोभित्र हावा तान्ने र मुखबाट हावा छोड्ने ।
    – खोक्ने अभ्यास गर्ने ।
    – अभ्यास गर्नु भन्दा १० मिनेट अगाडि बिरामीलाई तातोपानी बाफ लिने ।
    – बिरामीले भित्रैदेखि बिस्तारै गहिरो सास तान्ने र छोड्ने पक्रिया प्रशस्त मात्रामा गर्ने ।

  • २८ बैशाख २०७८, मंगलवार १७:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images