कार्यकर्ताको आक्रोस: माधव नेपालको पोष्टमा १२ सय कमेन्ट, ९९ प्रतिशतभन्दा बढी ‘गाली’
  • CIA Khabar

  • काठमाडौँ । हिजो प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा लिनुभएको विश्वासको मतका क्रममा अनुपस्थित रहुनभएका माधव कुमार नेपाललाई एकालेका कार्यकर्ताले गालीको वर्षा नै चलाएका छन् ।

    प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिनुको कारण विज्ञप्ती मार्फत जानकारी गराएको कुरामा नेता नेपाललाई एकालेका कार्यकर्ता तथा सुभचिन्तकले कडा शब्दमा गाली गरेका छन् । उहाँको आधिकारीक पेजमा उक्त विज्ञप्ती सार्वजनिक गर्नुभएसँग समाचार तयार पार्दासम्म आएका करिव १२ सय वटा कमेन्टमा करिव ११ सय ५० भन्दा बढी गालीका कमेन्ट रहेका छन् भने करिव ५० वटाभन्दा कम समर्थनमा कमेन्टहरु आएका छन् ।

    यसबाट के प्रष्ट बुझ्न सकिन्छ भने एमालेलाई विभाजनको रेखामा लैजाने माधव समूह नै रहेको कार्यकर्ताको अभिव्यक्तिबाट आएका छ । नेपालको कमेन्टमा हेर्ने हो भने कार्यकर्ताहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट सन्देश बुझन सकिन्छ । तर माधवको अभिव्यक्ति तथा व्यवहार भने त्यसको ठिक उल्टो रहेको भन्ने कार्यकर्ता तथा सुभचिन्तकले आक्रोस व्यक्त गरेका छन् । कार्यकर्ताको आक्रोस अनुसार ‘माधव नेपालले आफ्नो घर पनि बनाउँदैनन्, अर्काको घर पनि बनाउन दिँदैनन् । समयसापेक्ष आफ्नो स्वार्थको लागि रंग फेरिरहन्छन् ।’

    पछिल्लो समय माधव समूहले माओवादी केन्द्रको मामुली कार्यकर्ता बनी प्रचण्डको शरणमा पुगेको र एमालेलाई ध्वस्त पार्ने प्रचण्डको ग्राण्ड डिजाईनलाई सफल बनाउन माधव समूह हात धोएर लागेको भन्ने कार्यकर्ताको आक्रोस देख्न सकिन्छ । एमाले नेपाली जनताको प्राणभन्दा प्यारो पार्टी रहेको उल्लेख गर्दै जनताको प्यारो पार्टीलाई ध्वस्त पार्न खोज्ने माधव समूहका नेतालाई लालगद्दारको रुपमा चित्रित कार्यकर्ताले गरेका छन् ।

  • २८ बैशाख २०७८, मंगलवार १७:३७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images