गण्डकीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री हुने सम्भावना बढ्यो
  • CIA Khabar

  • गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले नयाँ सरकार गठनका लागि समर्थन गर्न अस्वीकार गरेसँगै पृथ्वी सुब्बा गुरुङ फेरि मुख्यमन्त्री हुने सम्भावना बढेको छ ।

    प्रदेशसभामा अल्पमतमा परेपछि गत आइतबारमात्र राजीनामा दिएका मुख्यमन्त्री गुरुङले सरकार गठनका लागि अन्य दलले बहुमतसहित दावी गर्न नसकिरहेको अवस्थामा सरकारको नेतृत्व कायमै राख्ने अवसर पाउन सक्ने देखिएको हो ।

    गण्डकीमा नयाँ सरकार बनाउनका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक पर्छ । विपक्षी गठबन्धनमा काँग्रेसका १५, माओवादीका सभामुखसहित १२ र जनता समाजवादी पार्टीका २ सांसद छन् । सभामुखले मतदान गर्न नपाउने भएकाले यो गठबन्धनमा २८ सांसद मात्र पुग्छन् ।

    तीन सदस्य रहेको जनमोर्चाले समर्थन गरेमा विपक्षी गठबन्धनले सरकारको दावी गर्न सक्छ । तर जनमोर्चाका तीनमध्ये एक सांसदले हस्ताक्षर गर्न नमानेका कारण विपक्षी गठबन्धनले सरकारको दावी गर्न सकिरहेको छैन ।

  • २८ बैशाख २०७८, मंगलवार १९:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images