उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय
  • CIA Khabar

  • काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा सचिव लक्ष्मण आर्यालले सो निर्णय भएको जानकारी दिएका हुन् ।

    महामारी उच्च गतिमा बढेकाले सरकारले पाटन, थापाथलीस्थित प्रसूति गृह, ट्रमा सेन्टर लगायतका सबै अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको उनले बताए ।
    कोरोना संक्रमित बढ्दै जाँदा बेड अभाव भएपछि यस्तो निर्णय गरेको मन्त्रालयको भनाइ छ ।

  • २८ बैशाख २०७८, मंगलवार १९:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images