९७ हजार नाघे सक्रिय संक्रमित, २४ घण्टामा ५ हजार बढी संक्रमणमुक्त
  • CIA Khabar

  • काठमाडौ । देशभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ९७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ९७ हजार ८ जना जना पुगेको हो ।
    पछिल्लो समय मृत्युदर समेत ह्वात्तै बढेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाले ज्यान गुमाएका छन् ।

    यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।

    ५ हजार बढीले जिते कोरोना

    यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना जितेका छन् । यससँग देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख १२ हजार १९ पुगेको छ । यस्तै संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ७५।५ प्रतिशत रहेको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको थियो ।
    मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो।

    उपत्यकामा संक्रमण अवस्था

    पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जनामा संक्रमण पुष्टि भएको छ ।

  • २८ बैशाख २०७८, मंगलवार २०:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images