नेपालमा कोरोना संक्रमित निको हुने दर ७५.५ प्रतिशत
  • CIA Khabar

  • काठमाडौँ । आज देशभरि कोभिड-१९ का ९ हजार ४८३ सङ्क्रमित भेटिएका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार २० हजार ५९६ पीसीआर र ७२० एन्टिजेन परीक्षणमा ९ हजार ४८३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।

    यस्तै सङ्क्रमित निको भई ५ हजार २२५ घर फर्किएका छन् । हालसम्म ३ लाख १२ हजार १९ जना कोरोना संक्रमणमक्त भइ घर फर्किएका छन् । नेपालमा निको हुने दर ७५.५ प्रतिशत छ ।

  • २८ बैशाख २०७८, मंगलवार २०:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images