रेम्डेसिभिर औषधिबारे सरकारको दोधारे नीति : सास्ती खेप्दै कोभिडका बिरामी
  • CIA Khabar

  • ललितपुर । ललितपुरका भूषण रत्न धाख्वा कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने अवस्थामा पुगे । ३७ वर्षीय धाख्वालाई अवस्था बिग्रिदै गएपछि सानेपास्थित स्टार अस्पतालको आइसियुमा राखियो ।

    उपचारमा संलग्न चिकित्सकले बिरामीका लागि रेम्डेसिभिर औषधि चलाउनुपर्ने भन्दै परिवारलाई औषधि ल्याउन भने । स्वास्थ्य मन्त्रालयले नपठाएको भन्दै अस्पतालले उक्त औषधि आफूसँग नरहेको बतायो । संक्रमित धाख्वाका बुवाले रेम्डेसिभिर औषधिका लागि चिनेजानेका अस्पताल र आफन्त गरी धेरैसँग सम्पर्क गरे तर औषधि पाउन सकेनन् ।

    छोराको अवस्था देखेर उनी कालो बजारीमार्फत भए पनि रेम्डेसिभिर किन्न तयार थिए । छोराको ज्यान बचाउन भन्दै उनले आफन्तसँग जति मूल्य परे पनि किन्न तयार रहेको भन्दै हारगुहार गरिरहे । साँझमात्रै उनले नाम चलेका एक व्यक्तिको पहुँचका आधारमा जम्मा दुई भाइल रेम्डेसिभिर पाए ।

    तीन हप्ता यता धाख्वाका परिवारजस्तै सयौँ मानिसले रेम्डेसिभिर औषधिका खारिदका नाममा यस्ता सास्ती खेप्नु परिरहेको छ ।

    कोभिडको उपचारमा संलग्न चिकित्सकले रेम्डेसिभिर औषधि ‘रामवाण होइन’ भन्दै आइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोभिडका बिरामीले रेम्डेसिभिर प्रयोग गर्नु र नगर्नु एउटै हो भन्दै आइरहेको छ । तर, औषधि व्यवस्था विभागले भने रेम्डेसिभिर औषधि प्रयोगका लागि अनुमति दिएको छ ।

    सरकारले यस औषधिबारे प्रष्ट धारणा बनाउन नसक्दा बिरामीले सास्ती त झेल्नु परिरहेको छ नै, कालोबजारीमा समेत खरिद गर्न होडबाजी चल्न थालेको छ ।
    कोरोनाको पहिलो लहरमा स्वास्थ्य अनुसन्धान परिषद्ले रेम्डेसिभिर औषधिको प्रभावकारिता अध्ययन गरेको थियो ।

     

    यसअघि अस्पताल भर्ना भएर रेम्डेसिभिर औषधि लिएका एक हजार ३४५ जनामा प्रभावकारिताबारे अनुसन्धान गरिएको जनस्वास्थ्यविद् डा. जनक कोइराला बताउँछन् । रेम्डेसिभिर नलिने र प्लाज्मा थेरापी नगरेका बिरामीको तुलनामा यो औषधि लिएका र प्लाज्मा थेरापी गरेका बिरामीको अस्पताल बसाई कम हुनुका साथै मृत्यु दर पनि कम पाइएको डा. कोइरालाको भनाइ छ ।

    यद्यपि रेम्डेसिभिर औषधिले बिरामीलाई १०० प्रतिशत निको भने नपार्ने उनले बताए । कोरोना संक्रमणबाट गम्भीर अवस्थाका बिरामीलाई रेम्डेसिभिर औषधि दिइन्छ । उनका अनुसार, यो औषधि सेवन गर्ने सबैजना चाँडै कोरोना मुक्त हुन्छन् वा कसैको मृत्यु नै हुँदैन भन्ने बुझ्न मिल्दैन ।

  • २८ बैशाख २०७८, मंगलवार २१:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images