पोखरा । बिश्वब्यापी रुपमा फैलिएको नया भेरिएन्ट सहितको कोरोना भाइरस ले दिनानुदिन मानिस हरुको मृत्यु भैरहदा कास्की क्षेत्र नं -३ (ख) का सांसद तथा नेकपा एमलेका युवा नेता राजिब पहारिले देशमा संकट काल लगाउन आवश्यक रहेको औल्याउनु भयो ।
बढदो संक्रमण दर , घट्दो निको हुने दर र बढ्दो मृत्यु दरले कोरोना अनियंत्रित हुन सक्ने भन्दै सांसद पहारिले संकटकाल घोषण गर्न सुझाब दिनु भएको हो ।
उहाले सामाजिक सन्जालमा लेख्नु भएको छ :
“काेराेना महामारि लाई नियन्त्रणमा ल्याउन अब केही समय मुलुकमा स्वास्थ्य संकट काल लगाउन ढिलाई गर्न हुदैन।”
देशमा अक्सिजनको अभाव र बिकट क्षेत्रमा एम्बुलेन्स र भेन्टिलेटर को ब्यबस्थापन नहुदा संक्रमितको मृत्यु हुने संभावना र नागरिकको लापरबाही र जनताका जनप्रतिनिधि मानिने हरुले जनतालाइ घर भित्र थुनेर आफुहरु भेला भएर सभा गर्ने हुदा कोरोना अझ बढ्ने र भ्याक्सिन को उपलब्धता नभएको हुदा अनियंत्रित हुन सक्ने भन्दै सांसद पहारिले यस्तो बताउनु भएको हो ।
सम्पुर्ण नेपालिलाइ घर भित्रै बस्ने र आवश्यक समस्या हरु जनप्रतिनिधिहरु लाई भन्ने र उनिहरुबाट समस्या समाधान गराउने , अनावश्यक बाहिर नहिड्ने र स्वास्थ्य मापदण्ड पालना गर्ने सम्पुर्णको दायित्व , जिम्मेवारी र कर्तव्य रहेको भन्दै सांसद पहारिले सबैलाइ सुरक्षित रहन आग्रह समेत गर्नु भयो ।
सांसद पहारिले आफुले पनि आत्मबल ठूलो बनाएर कोरोना परास्त गरेको भन्दै सम्पुर्णलाई आत्मबल बलियो बनाइ , स्वास्थ्यका मापदण्ड पालना गर्न सुझाब दिनुभयो ।