काठमाडौं । नेकपा एमालेका नेता पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनु भयो।
दोलखाका चौलागाईं केही दिनदेखि मनमोहन अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहनु भएको थियो । उहां गत निर्वाचनमा दोलखा ९ख० बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।