देउवालाई बहुमत जुटाउन दिनभरि दौडधूप , के–के भयो ?
  • CIA Khabar

  • काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएकै दिन सोमबार राति ९ बजेदेखि राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीको दाबी गर्न दलहरूलाई आह्वान गरेकी छिन् । विपक्षी गठबन्धनबाट काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका एकमात्र दाबेदार हुन् । तर, उनले बैशाख ३० गते राति ९ बजेभित्र प्रधानमन्त्रीका लागि बहुमत सांसदको हस्ताक्षर जुटाउनुपर्नेछ ।

    प्रधानमन्त्रीका बन्नका लागि बहुमत जुटाउन मंगलबार दिनभरि काँग्रेस सभापति शेरबहादुर देउवाले के–के गरे त रु अनि उनका सहयोगी दलका नेताहरु प्रचण्ड र उपेन्द्र यादवले के गरे रु जसपामा तटस्थ बसेर ओलीलाई फाइदा पुर्याइरहेका महन्थ ठाकुरको दिनचर्या कसरी बित्यो रु अनि एमालेको माधव नेपाल पक्षको रणनीति कस्तो बन्यो ?

    यिनै विषयहरुमा  काँग्रेस, माओवादी, माधव नेपाल समूह र जसपाका दुबै समूहका दिनभरिका गतिविधिलाई नियाल्ने प्रयत्न गरेको छ ।

    नेपाली कांँग्रेसका नेताहरुले देउवाको पक्षमा बहुमत जुट्ने दाबी गरेका छन् । मंगलबारको सम्वाद सकारात्मक रहेको र बुधबार बिहानैदेखि महन्थ ठाकुर, राजेन्द्र महतो, माधवकुमार नेपाल लगायतका नेताहरुसँग थप छलफल गरिने काँग्रेस नेताहरुले बताएका छन् ।

    उता प्रधानमन्त्री केपी ओलीले चाहिँ महन्थ ठाकुरसँग टेलिफोनमा लामो कुराकानी गरेको बुझिएको छ ।

    बैशाख ३० भित्र बहुमत जुटाउन देउवाका लागि चुनौतीपूर्ण बनेको छ भने ओलीले चाहिँ विपक्षीले बहुमत नजुटाएमा ३० गते राति नै ठूलो दलको हिसाबले प्रधानमन्त्रीको सपथ खाने तयारी गरेको बुझिएको छ ।

    शीतलनिवास स्रोतले  भन्यो, ‘देउवाजीले बहुमत जुटाएको भए त आजै शीतलनिवास आइसक्नुपर्ने हो, अब ३० गते राति ९ बजेसम्म पनि बहुमत जुटाउनुभएन भने त धारा ७६९३० अनुसार केपी ओलीले राति नै सपथ ग्रहण गर्ने सम्भावना रहन्छ ।’

    अब मंगलबार दिनभरि विपक्षी दलका नेताहरुले के–के गरे भन्ने चर्चा गरौं–

    दिनभरि देउवाको व्यस्तता

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकार निर्माणका लागि बहुमत जुटाउन मंगलबार दिनभरि राजनीतिक भेटघाटलाई अगाडि बढायो । मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरे ।

    काँग्रेस नेता रमेश लेखकका अनुसार संविधानको धारा ७६ ९२० अनुसार सरकार निर्माणका सन्दर्भमा देउवा निवास बूढानीलकण्ठमा मंगलबार बिहान देउवा, प्रचण्ड र उपेन्द्र यादवबीच छलफल भएको थियो ।

    उनीहरुबीचको छलफलपछि दिउँसो ३ बजे बसेको काँग्रेस पदाधिकारी बैठकले ७६९२० बमोजिम सरकारको दाबी गर्ने निर्णय गरेको थियो । लेखकका अनुसार त्यसको नेतृत्व काँग्रेसले गर्ने पनि निर्णय भएको छ ।

    अब काँग्रेस सभापति देउवाले बुधबार जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोका साथै नेकपा एमालेको माधव नेपाल पक्षसँग पनि छलफल गर्ने छन् ।

    देउवाको पहिलो प्रयत्न जसपाको ठाकुुर–महतो पक्षसँग गठबन्धनको सरकार निर्माणका लागि सहमति खोज्ने रहेको लेखकको भनाइ छ । उनले अहिलेसम्म गठबन्धन निर्माण लागि भएका छलफलहरु सकारात्मक रहेको बताए ।

    विपक्षी दलका नेतासँग काँग्रेस नेताहरु नियमित संवादमै रहेको नेताहरुले बताएका छन् । सभापति देउवासँग काँग्रेसका अन्य नेता पनि गठबन्धनको सरकार निर्माणमा तीव्ररूपमा लागेका छन् ।

    जसपामा सांसद जोगाउन दौडधूप

    सत्ता समीकरणका लागि विभाजित भएको जनता समाजवादी पार्टी नेपाल(जसपा) का दुबै पक्ष आन्तरिक जोड घटाऊ दिनभर सक्रिय रहे । बैशाख ३० गतेभित्र नयाँ सरकार बनाउने दाबी प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेपछि जसपाका दुवै पक्षका नेताहरु एक–अर्काका सांसद कसरी आफूतिर तान्ने भन्ने रणनीतिमै व्यस्त भए ।

     

    अध्यक्ष महन्थ ठाकुर पक्ष तटस्थ बसिदिएपछि काँग्रेस, माओवादी र जसपा ९उपेन्द्र यादव पक्ष०को गठबन्धनलाई सरकार बनाउन गाह्रो भएको छ । तीन दलीय गठबन्धनलाई सरकार बनाउन १२ मत कम भइरहेको छ । त्यो १२ मत तान्नका लागि उपेन्द्र यादव पक्ष दिनभर गृहकार्य गरेका छन् । उनीहरुको प्रयास अझै जारी छ ।

    जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष भने आफ्ना सांसदलाई बचाउन र उपेन्द्र यादव पक्षबाट थप सांसद तान्न लागि परेको छ । त्यसका लागि ठाकुर पक्षका नेताहरु दिनभरि सक्रिय थिए । उनीहरुले उपेन्द्र यादव पक्षका सांसदहरुसँग विभिन्न स्रोतबाट कुराकानी गरेका छन् ।

    मंगलबार बबरमहलस्थित जसपा पार्टी कार्यालयमा महन्थ ठाकुर पक्षको बैठक बसेको थियो । सो बैठकले आफ्ना पक्षका सांसदहरुलाई दायाँ–बायाँ हुन नदिन कडा निगरानी गर्ने निर्णय गरेको छ । तीन दलीय गठबन्धनको नजर जसपाकै सांसदमाथि रहेकाले त्यसका लागि सतर्क रहन अध्यक्ष ठाकुरले भनेका छन् । आफ्ना पक्षका सांसदलाई महन्थ ठाकुर आफैले फोन गरेर हालचाल सोधेका छन् । मंगलबारको बैठकमा उपेन्द्र यादव पक्षबाट महन्थ ठाकुर पक्षमा लागेका विमल श्रीवास्तव पनि उपस्थित थिए । उनले उपेन्द्र यादव पक्षका सांसदहरूका बारेमा बैठकमा ब्रिफ गरेका थिए ।

    स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच पनि फोन संवाद भएको थियो । स्रोतले भन्यो, ‘दुईजनाका बीचमा के कुराकानी भयो, त्यो थाहा भएन । तर, लामै कुराकानी भएको छ ।’

    परिस्थिति हेरेर अघि बढ्ने माधव समूहको निश्कर्ष

    केपी ओलीको विकल्पमा गठबन्धन सरकार बनाउने प्रयास गरिरहेका काँग्रेस र माओवादीको ध्यान एमालेको माधव नेपाल समूहतिर पनि सोझिएको छ । जसपाको महन्थ ठाकुर पक्ष सहमतिमा नआए माधव नेपाल पक्षले सामुहिक राजीनामा गरिदिए हुन्थ्यो भन्ने काँग्रेस र माओवादीका नेताहरुको चाहना छ ।

     

    यो स्थितिमा मंगलबार माधव नेपाल पक्षका नेताहरु पनि आपसी छलफलमा व्यस्त देखिए । भावी रणनीति बनाउन मंगलबार स्थायी कमिटीका नेताहरुबीच भर्चुअल छलफल गरेको माधव–भलनाथ समूहका नेताहरुले बताएका छन् । छलफलका क्रममा सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएर सही निर्णय गरिएको निश्कर्ष निकालिएको नेताहरुले बताएका छन् ।

    ‘हामीले पछिल्लो राजनीतिक अवस्थाको सामान्य समीक्षा गर्यौं, त्यसमा ओलीलाई विश्वासको मत नदिनेदेखि अब हुने राजनीतिक समीकरण लगायतका विषयमा छलफल भयो,’ स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले रातोपाटीसँग भनिन्, ‘अहिले पनि नयाँ सरकार बन्न नदिन ओलीलाई भारतले अझै टेको दिन खोजेको हो कि भन्ने हाम्रो आशंका रह्यो ।’

    आजको छलफलमा केपी ओली पदमुक्त भैसकेको अवस्थामा कसरी जाने भनेर अन्य दलको भुमिका र आवश्यकता अनुसार निर्णय गर्ने एमाले नेताहरुले जोड दिएका थिए ।

    ‘कुनै निष्कर्षमा त पुगिएको छैन । तर, कसरी अघि बढ्ने भन्नेमा स्थायी समिति बैठकले निर्णय गर्छ’ शाक्यले भनिन् ‘लोकतन्त्र र संविधानको रक्षा गर्न हाम्रो दायित्व के हुनुपर्ने हो, त्यो हामीले गर्नुपर्छ भन्ने नै मुख्य कुरा हो ।’

  • २८ बैशाख २०७८, मंगलवार २३:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images