फिलिपिन्समा ५.८ म्याग्‍निच्यूडको भूकम्प
  • CIA Khabar

  • मनिला । भूकम्पीय जोखिममा रहेको देश फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा बुधबार ५।८ म्याग्‍निच्यूडको भूकम्प गएको छ ।

    फिलिपिन्सको भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समय अनुसार बुधबार बिहान ९:०९ बजे गएको भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ११० किलोमिटर गहिराइमा रहेको थियो ।

    केन्द्रले यस भूकम्पबाट थप परकम्पहरु उत्पन्न हुन सक्ने भए पनि त्यति क्षति नगर्ने जनाएको छ । यस भूकम्पको धक्का मेट्रो मनिलामा पनि अनुभव गरिएको थियो ।

  • २९ बैशाख २०७८, बुधबार १७:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images