‘तटस्थ नेता’ दौडधूप बालुवाटारदेखि शीतलनिवास !
  • CIA Khabar

  • काठमाडौ । सरकार बनाउने र ढाल्ने विषयमा तटस्थ रहेको दाबी गर्दै आएका जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोको बालुवाटार र शीतलनिवासतिर दौडधूप बढेको छ ।

    संविधानको धारा ७६ को उपधारा ९२० अनुसार बहुमतको सरकार बनाउने गठबन्धनप्रति अरुचि देखाउँदै तटस्थ बसेका यी नेताहरु बुधबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगे ।

    बालुवाटारमा प्रधानमन्त्री ओलीसँग सल्लाह गरिसकेपछि ठाकुर र महतोले राष्ट्रपतिसमक्ष उपेन्द्र यादवको हस्ताक्षरलाई वैधता नदिन आग्रह गरेर फर्किएको बुझिएको छ । दुबै नेताहरु संसदबाट संयुक्त सरकार बन्न नदिने र केपी ओलीलाई सहयोग गर्ने लाइनमा सक्रिय बनेका छन् ।

    अहिले बन्न लागेको गठबन्धन सरकारलाई सघाउने आफूहरुको नीति नरहेको महतोको भनाइ छ । यसअघि रातोपाटीसँगै कुराकानी गर्दै उनले पार्टी निर्णय विपरीत काँग्रेस–माओवादीको गठबन्धनमा लाग्ने अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गर्ने चेतावनीसमेत दिएका थिए ।

  • २९ बैशाख २०७८, बुधबार १७:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images