मन्त्री रायमाझीले गृह जिल्लामा पठाए स्वास्थ्य सामाग्री
  • दिपक भुसाल

  • काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले गृहजिल्ला अर्घाखाँचीका लागि स्वास्थ्य सामाग्री पठाएका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै मन्त्री रायमाझीले जिल्लावासीका लागि अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनटेटर, सर्जिकल माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री पठाएका हुन् ।

    May be an image of one or more people, people standing and outdoors

    वुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्री रायमाझीले अक्सिजन सिलिन्डर २३ पिस, अक्सिजन कन्सनटेटर ५ पिस, भिटिम १८०० पिस, एन्जिन ४०० पिस, सर्जिकल माक्स २७०० पिस, सेनिटाइजर १५ लिटर, अक्सोमिटर ७ पिस, डिजिटल थर्ममिटर २० पिस र पिपिए १९० पिस पठाइएको जानकारी दिएका छन् ।उनले पन्जा २०० पिस, चश्मा ५० पिस र फेस सिड ५० पिस पठाइएको जानकारी दिएका छन् ।

    May be an image of one or more people and people standing

    मन्त्री रायमाझीले कोभिड १९ बाट संक्रमण भई उपचाररत सबैमा शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । मन्त्री रायमाझीले उपचारको क्रममा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना समेत व्यक्त गरेका छन् ।May be an image of one or more people, people standing and outdoors

  • २९ बैशाख २०७८, बुधबार २०:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images