काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित जसपाका उपेन्द्र यादवले संबिधान मिचेर आफूहरुको सरकार गठन गराउने बाटो खोल्न राष्ट्रपतिमाथि दवाव दिनुभएको छ ।
प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओली बिश्वासको मत लिन असफल हुनुभएलगत्तै देउवा, प्रचण्ड र यादवले बिज्ञप्ती नै निकालेर संबिधान भन्दा बाहिर गएर पुनः संबिधानको धारा ७६ को उपधारा २ अनुसार नै सरकार गठनको आह्वान गर्न दवाव दिनुभएको हो । राष्ट्रपति बिद्यादेवी भण्डारीले २०७४ साल फागुन ३ गते नै नेपालको संबिधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्नुभएको थियो ।
हेर्नोस प्रमाण