कारवाही फुकुवापछि योगेश भट्टराई भन्छन : अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ
  • CIA Khabar

  • काठमाडौं । नेकपा एमाले माधव पक्षका नेता योगेश भट्टराईले माधवसहितका चार नेताको कारवाही फिर्ताप्रति सकारात्मक अभिव्यक्ति दिएका छन् ।

    भट्टाराईले ट्वीट गर्दै भनेका छन्, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ ।’

    आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेपछि भट्टराईले प्रतिक्रिया जनाएका हुन् ।

    पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको थियो ।

  • ३० बैशाख २०७८, बिहीबार १२:५८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images