संसद सचिवालयको ढोकामा ताल्चा लगाएर घर हिँडे कर्मचारी, बुझाउन पाएन माधव समुहले राजिनामा
  • CIA Khabar

  • काठमाडौैं । बिहीबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। उनीहरुबीच बूढानिकलण्ठमा भेट भएको हो। भेटमा नेपालले ओलीलाई २०७५ जेठ २ मा फर्किएर अघि बढ्न प्रस्ताव गर्ने बताइको थियो।

    यदि अध्यक्ष ओलीले सो प्रस्ताव स्वीकार नगरे नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी गरेका थिए। सांसदहरुको सामूहिक राजीनामा दिने तयारी गरेपछि ओली र नेपालबीचको भेटको निश्कर्ष थाहा नपाउँदा सांसदहरु नै अलमलमा परेका छन्।

    नेपाल र ओलीबीचको संवाद लम्बिएपछि संसद सचिवालयमा राजीनामा बुझाउने कार्यालय समय सकिएको छ। यसअघि माधव नेपाल समूहले ओलीलाई जेठ २ मा फर्कन बेलुका ४ बजेसम्मको अल्टिमेटम दिएको थियो। सांसदहरुको राजीनामा नेता नेपालकै खल्तीमा रहेको बताइएको छ।

    त्यस्तै, नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आजै सकिँदैछ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सरकार गठनमा जुटे पनि बहुमत पु¥याउन नसकेर अन्यौलमा पनि छन्। राष्ट्रपतिले रातको ९ बजेसम्मको समय दिएका कारण राष्ट्रपति कार्यालयका कर्मचारीहरु राति ९ बजेसम्म काँग्रेस–माओवादी गठबन्धनलाई कुर्न बाध्य हुने भएका छन्।

    तर, राति ९ बजेसम्म कांग्रेस–माओवादी गठबन्धनले बहुमतको दाबी पेश गर्न नसकेमा संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनः केपी शर्मा ओली नै प्रधानमन्त्री बन्नेछन्। ओली प्रधानमन्त्रीमा नियुक्त भएमा ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्नेछ।

  • ३० बैशाख २०७८, बिहीबार १८:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images