खड्क ओलिले देखाए सपथ समारोहमा नक्कली रास्ट्रबाद (भिडियो सहित)
  • CIA Khabar

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । शुक्रबार सपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेनन् ।

    ‘म।। मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु।।।’ भन्नुपर्नेमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द नै उच्चारण गरेनन् । राष्ट्रपति भण्डारीले दोहो¥याएर ‘प्रतिज्ञा गर्छु’ भनेर ओलीलाई ती शब्द उच्चारण गर्न संकेत गरेपछि ओलीले राष्ट्रपतिलाई नै सिकाउँदै भने, ‘त्यो पर्दैन ।’

    प्रधानमन्त्रीको कुरो सुनेर राष्ट्रपति हल्का मुस्कुराइन् । सरकार प्रमुखले खाने सपथ ग्रहणको भाषामा नै देखिएको यस्तो असहमतिको दृश्य अस्वाभाविक जस्तो प्रतीत हुन्थ्यो ।

    शुक्रबार शीलतनिवासमा आयोजना गरिएको सपथ ग्रह९ा कार्यक्रममा राज्यमन्त्री विमला बिक भने अनुपस्थित रहिन् । अन्य मन्त्रीहरु पनि सबै पुरानै अनुहार भएकाले सपथमा खासै उत्साह देखिएन ।

    कार्यक्रममा सञ्चालकले कोभिडका कारण सपथ ग्रहण छोटो राखिएको र मन्त्रीहरुलाई चियापानको समेत व्यवस्था नरहेको माइकबाटै सूचना सुनाएका थिए ।

      भिडियो

    https://fb.watch/5ukqLxZYi2/

  • ३१ बैशाख २०७८, शुक्रबार २१:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images