आजको मौसम : पहाडी भूभागमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा
  • CIA Khabar

  • काडमाडौ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

    महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण(पूर्व भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

    महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

    यसैगरी, आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ र बांकी भूभागहरुमा आंशिक बदली रहने महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।

    यस्तै, देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    आज राति देशका प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने र प्रदेश नं १ का पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा हुन सक्ने महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।

  • १ जेष्ठ २०७८, शनिबार ०८:४२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images