घरमा राखेका अक्सिजन सिलिन्डर फिर्ता गर्न सरकारको आग्रह
  • CIA Khabar

  • काठमाडौँ । सरकारले डाक्टरको सिफारिसविना घरमा राखिएको अक्सिजन सिलिन्डर फिर्ता गर्न अनुरोध गरेको छ ।कतिपय व्यक्तिले डाक्टरको सल्लाहविनै घर घरमा अक्सिजन सिलण्डर लगेर राखेको पाइएको भन्दै मुख्यसचिव स्तरको निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले घरमा राखिएका सिलिन्डर फिर्ता गर्न आग्रह गरेको हो । मन्त्रालयले नजिकको अस्पताल या स्थानीय प्रशासनमा अक्सिजन सिलिन्डर बुझाउन भनेको छ ।
    घरमा अक्सिजन राखे र नराखेको, सम्बन्धित उद्योगले अस्पतालबाहेक अन्यत्र सिलिन्डर दिएरनदिएको अनुगमन गर्न पनि मुख्यसचिव शंकरदास बैरागीले निर्देशन दिनुभयो । यस्तै हरेक अक्सिजन उद्योगमा अक्सिजन सिलिन्डरको अभिलेख राख्न सशस्त्र प्रहरी खटाइने भएको छ ।

  • १ जेष्ठ २०७८, शनिबार १०:३८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images